साप्ताहिक सिर्जना (अंक-२) :कविता “व्हाइट ह्याट ह्याकर”

कविता
"white hat hacker "
(व्हाइट ह्याट ह्याकर)

म "व्हाइट ह्याट ह्याकर" हुँ
तिमीलाई थाहा नभएका
तीम्रा कमजोरी पत्ता लगाउन
तीम्रा "पोर्ट " हरु "स्क्यान " गर्छु
तिमि भित्रका "प्याच "हरु जाच्छु
तिमी संग जोडिएको "नेटवर्क" मा
एक एक गरि "स्निफ्फ़" गर्छु
तीम्रा फाइल "स्क्यान" गर्छु
तीम्रा "एप्लिकेसन" हरु "स्क्यान " गर्छु
तिमीमा भएका "भाइरस"का
हस्ताक्ष्येर पत्ता लगाउँछु
राम्रोलाई राख्छु, नराम्रो लाई
तिमि भित्रै "क्वारेन्टाइन " गर्छु

साप्ताहिक सिर्जना (अंक-१) :कविता “सिलौटाको कथा”

“सिलौटाको कथा”

बगरमा पानीको लहरसंग म
लहरिंदै खित्खिताउँदै रमाउँने गर्थें
कहिले निर्मल पानी म माथि सल्बलाउँथ्यो
कहिले छल-छल ध्वनीसंगै
मेरो वरपर काउकुती लगाउँथ्यो
उसले चुम्दै मुसार्दा म राम्री बनेकी थिएँ
मेरो अनुहार चिल्लो टल्कंदै थियो
म दंग पर्दै आफ्नो अनुहार मुसार्थें।

साप्ताहिक सिर्जना (अंक-१) :कविता "पर्दाभित्र पर्दा बाहिर"

कविता
पर्दा भित्र पर्दा बाहिर

जीवन यँहा आज
समयको पारदर्शी पर्दाको चौघेरोमा
अंश बण्डा भएको छ
पर्दा भित्र, पर्दा बाहिर।

समय संगीन तरवार लिएर
समुद्र वारी समुद्र पारी,
क्षितिज वारी क्षितिज पारी,
मानवीय सभ्यताको
चौकिदारीमा फेरी लगाऊदै छ।

त्रासादीको भँगालोमा भास्सिएको
सभ्यताको पर्दा भित्र
बाँच्ने जिजीवीषा सम्हालेर
जीवन
कहरको चक्रव्युहमा निसास्सिदा
उन्मुक्तिको मलिन आशामा
सहास र धैर्यताको कसीमा घोटिएर
जिन्दगीको परीक्षामा सँघर्षशील छ।

Pages