POEM " Unknown things..." by Madhu Krishna Shrestha

कविता

अथाह कुरा हुन्छ ....

डा. मधुकृष्ण श्रेष्ठ "माधुर्य"

बाहिर बाहिर मनतातो खरानी
भित्र भित्र आगोको भुङ्ग्रो हुन्छ
छेउमा पानी भए
"नदेखिने वाफ" हुन्छ ...

एक्लो आकाश
एक्लो घाम, एक्लो जून हुन्छ
कता छौ तिमी कता छौ
तिमीबिना तड्पने मन यहीं हुन्छ

...के के हुन्छ हुन्छ ...
कहिले जीन्दगीमा नसोचेको कुरा हुन्छ
सपनी मै नदेख्या कुरो नी विपनीमा पूरा हुन्छ
...के के हुन्छ हुन्छ ...

POEM by Dr. Madhu Madhurya

कविता

दन्कन्छ आगो किन ?

मधु माधुर्य

सत्यको पराजय जस्तो
जे छ त्यो छोपिएको छ- किन त्यस्तो ?
दृश्य भ्रमजस्तो
भ्रम यथार्थजस्तो
प्रेम झेलजस्तो
राष्ट्रीयता खेलजस्तो
भ्रष्टाचार मेलजस्तो
देश जेलजस्तो
भाषण भेलजस्तो
हर्ष कागको बेलजस्तो
ईमान नेलजस्तो
मेहनत दॉतको तेलजस्तो
उन्नति "फेल" जस्तो
विश्वास गोलो सेलजस्तो
प्रकट भएर जब जब जीवन
मृत्युको पर्याय बन्दछ
आगाका लप्का दन्कन्छ
मेरो कविता !

Modern poem by Madhu Shrestha

कविता
अतितको रेखा र भोलीका आकृतिहरु
"समय, आमा र सन्तान"

मधु माधुर्य

अतित -
वर्तमानको इतिहास
वा भूतको गुँड
नविकरण भैरहन्छ ...
आँखामा -
त्यसको मूर्त/ अमूर्त अनुहार
झझल्को आइरहन्छ ...

मार्च -१४ ले क्यालेन्डरमा
हाराकिरी गरेको दिन -
समयले आमाको अन्जुलीभरि
केहि चल्लाहरु थमाई दियो :
आफ्नै सम्झेर पालिन् , हुर्काइन, बढाइन्
र एकदिन उडाइन् :
एकहुल हुचिल र चिलहरु तँछाड-मछाड गर्दै आकाशमा उडे
आमाले सोचेको परेवाहरु हैन रहेछन् ती ....

Poem by Govardan Pooja

कविता

तिमी फलाम, म खिया

गोवर्धन पूजा

तिमी फलाम,
म खिया
हामी बीचको अटूट प्रेम
के थाहा यो दुनियाँलाई !

तिमीजस्तै बन्ने
मेरो असफल प्रयास
मजस्तै बन्ने
तिम्रो बिजय उत्सव !

ममा समाहित तिम्रो साधना...!

तिमी फलाम,
म खिया !

(२)
मुक्तक

दाना बदाम फोरीफोरी आधा खाने तिमी
मेराआँशु चोरीचोरी आधा लाने तिमी...
भाग लिई दुख जति सुख मलाई दिने
चिनें मैले तिम्रो माया बल्ल आज चिनें...

Pages