Haiku हाइकु by Madhu Madhurya

हाइकु
- मधु माधुर्य

जस्ले जे गर
तैँ चुप मैं चुप छ
हाम्रो ने पा ल !

बिजुली आयो
तर्कारीवालीसँगै
छापा धपक्क

जलन कति
यो छातीभित्र मेरो
बुझ्ने को छ नी ?

मोती दाना रे
परेलीको ऑसु त
सित्तैमा लैजा...

हेर्दा हेर्दै त्यो
गर्ल्याम्म ढल्छ पारी
डाँडाको घाम...

नेतृत्व नयाँ :
'माछो माछो भ्यागुतो'
सतीको श्राप ?