Short Poem ( Muktak) by Dalbir Singh Baraili Ghayal

मुक्तक

दलवीर घायल

मुक्तक #बुढ्यौली
मात्रै रह्यो हाड छाला भन्न थाले आज
मुजै मुजा पर्‍यो गाला भन्न थाले आज
छैन शक्ति शरिरमा उमेर ढल्दै जाँदा
अब खै के गरी खाला भन्न थाले आज ।

मुक्तक #अनुत्तरित_प्रश्न
समय सँधै नै निष्ठुरी हुन्छ
थाहा छ त्यसैले मज्बुरी हुन्छ
तर यत्ति चैं बुझिंन कहिल्यै
किन हाँस्नु यहाँ जरुरी हुन्छ?

मुक्तक #निराशा
चाहना थ्यो लेखियोस ईतिहासमा हाम्रो कथा
फूल्नु थियो नेपालीको बिस्वासमा हाम्रो कथा
शंकाले घर जलेपछि परायले तेल हाल्न थाले
धुँवा बनि उडेको छ आकासमा हाम्रो कथा ।

मुक्तक #भेटिन्छन्
दुखाउँने मान्छे चैं हजार भेटिन्छन्
त्यस्तै घृणित सयौं बिचार भेटिन्छन्
के भेटिन्न खोजी हेर आफ्नै वरिपरी
क्षेणिक हाँसो पनि साभार भेटिन्छन् ।

मुक्तक #प्रश्न
यो छातीभित्र असंख्या दागहरु किन छाड्यौ?
जो पुग्दैनन् जिन्दगीमा मागहरु किन छाड्यौ?
किन छाड्यौ यो स्वार्थि दुनियाँमा एक्लै मलाई
समयसँग प्रश्न छन् यि बैरागहरु किन छाड्यौ?