Poem by Pancha Vismrit

कविता
==========
प्रेमको परीक्षा
– पञ्च विस्मृत

उत्तानो पल्टेको छु
काँडा पलाएको छ ओछ्यानको ।
उम्लिरहेछ अनुभूति
तैरिँदैछन् जसभित्र कथाहरुको एउटा झुण्ड
वर्तमान आगो भएको छ
ओदान भएको छ पीडाहरुको ।
डढेर खरानी पनि हुन सकेको छैन
यो भाँडो जस्तो शरीर
र निस्सीम कथाहरु
बौरिएर छट्पटाउदै उठ्न खोज्छन्, तैरिन्छन्
गल्छन्, फेरि उठ्न खोज्छन्,
गल्छन् ।
चस्मदिद गवाह यो मन बेचैन छ
अझ थिचेजस्तो छ कुनै गह्रौ निराशाले
सामर्थ्य छैन हात खुट्टा चलमलाउने
तर कथाहरुको मृत्यु उत्सव मनाउदै
ताली पिट्न तत्पर छन्
कविता
प्रेमको परीक्षा
– पञ्च विस्मृत
उत्तानो पल्टेको छु
काँडा पलाएको छ ओछ्यानको ।
उम्लिरहेछ अनुभूति
तैरिँदैछन् जसभित्र कथाहरुको एउटा झुण्ड
वर्तमान आगो भएको छ
ओदान भएको छ पीडाहरुको ।
डढेर खरानी पनि हुन सकेको छैन
यो भाँडो जस्तो शरीर
र निस्सीम कथाहरु
बौरिएर छट्पटाउदै उठ्न खोज्छन्, तैरिन्छन्
गल्छन्, फेरि उठ्न खोज्छन्,
गल्छन् ।
चस्मदिद गवाह यो मन बेचैन छ
अझ थिचेजस्तो छ कुनै गह्रौ निराशाले
सामर्थ्य छैन हात खुट्टा चलमलाउने
तर कथाहरुको मृत्यु उत्सव मनाउदै
ताली पिट्न तत्पर छन्
यी हातहरू ।
एक्कासी मलाई यो प्रेमनगर
बन्दुकले उजाडेको सहर जस्तै लागेको छ ।
विरानो हुँदै गइरहेको छु
या विरानो हुँदै गइरहेको छ
मेरो आफ्नै वरपरको वातावरण ?
किन लाग्दैछ कर्कश
आदर्शको कोमल स्वर पनि ?
सहानूभूतिका शब्दहरू
काला काला प्रतीत हुँदैछन् किन ?
हिजोसम्म हात थाम्ने हातहरु
किन बाङ्गाटिङ्गा लाग्दैछन् ?
कलुषित लाग्दैछन् किन
मायाले हेर्ने आँखाहरू ?
धड्कन अचाक्ली चर्को भएको छ
स्वाश बढेकोछ
हिक्का छुटेको छ
प्रिया,
कदाचित् मैले पनि बटारिएँ भने
तिमीलाई पनि त्यस्तै हुन्थ्यो होला र ?