Madhu's Article

लेख

एउटा घटना ....

डा. मधुकृष्ण श्रेष्ठ "माधुर्य"

मस्कोको एउटा सुन्दर क्याफे |
वरिपरि ठूलो पार्क |
साँझको सन्नाटालाई चिरेर हाम्रो साहित्यिक जमातको कविताहरु जमिरहेका थिए ....

म कविता बाँचिरहेको थिएँ :

"...
.पिएर मलाई आँखाले बेस्सरी
तिमीले रित्याउन नसकेको मेरो अस्तित्व
दिएर नरित्तिने चोखो माया जस्तै
शुभ्र, अनन्त र अनमोल लागिरहेछ ..."

मैले मेरो अभिव्यक्ति पूरा गर्न नपाउँदै केहि "ठूला" घोषित मानिसहरु मिसिएर हाम्रो जमात अलि ठूलै भयो ...
एकै छिनमा साहित्य र गीतको प्रसंगलाई मस्कोको चिसो भोड्काले कता कता बगाइसकेको थियो ...
- " नेपालको रास्ट्रपति त वहाँजस्तोलाई बनाउन पाए ... कसो मधुजी? " ( "रास्ट्रपति" तिर फर्किएर साथीले मेरो स्वीकारोक्ति माग्यो )
- ( मैले मज्जाले टाउको हल्लाइ दिएँ !)
आउनेहरु रीत पुर्याएर गए हाम्लाई भेटेर | एकैछिनमा हाम्रो जमात फेरि पनि सानो भयो ...
अनि सँधै झैँ आज पनि पनि देशको कुरा चल्यो ....
एकैछिनमा शाव्दिक घम्साघम्सी र "इन्टेलेक्चुएल कोलाहल" ले सन्नाटालाइ चिरीरह्यो ... !
समयको पात्रोले त्यो घटना ५ वर्ष अघिको हो भनेर दावी गरिरहेछ ....