Nepali poems

Short poems by Amar tyagee

मुक्तक..............

अमर त्यागी

सम्पत्ति र हैसियतमा अडिएको छ नातासम्बन्ध हाम्रो
नाफाघाटा कैफियतमा अडिएको छ नातासम्बन्घ हाम्रो
रंगीन टीका जमराको मूल्य चर्को हुन्छ यो दशैँतिहारमा
हो,देखावटी आडम्बरी नियतमा अडिएको छ नातालम्बन्ध हाम्रो !

------------------------------------------------------

....मेरो रोजाइ.......
जीवन के हो सोंच्दै छु अचेल
बाँच्नुको अर्थ खोज्दै छु अचेल
अरूको पीडा मेटाउन आफै
मेटिने बाटो रोज्दै छु अचेल

------------------------------------------------------------

Short poems by Sagar G.Silwal

मुक्तक

सागर सिल्वाल

अब हेर्न बाँकी छ को को देशसंग गद्दारी गर्छन् फेरि
कोहि मुसा जस्तै उता सर्छन् कोहि कति तल झर्छन् फेरि
बलभद्र ,अमर र भक्ति थापा छ आज देशले खोज्या !
को को देशलाई बचाउँछन् को शत्रुको पछि पर्छन् फेरि
---------------------------------

नेपाल हो देश र नेपाली भाषा हाम्रो
स्वीकार ! सत्यलाई नगर कुरा चाम्रो
खेल्न खोज्नेहरुले नेपाली भाषा माथि
ठिक्क पार ला'उन हातखुट्टामा काम्रो

-----------------------------------

poem by Chandra Gurung

कविता
चन्द्र गुरुङ
·
तिम्रो दुई आँखाको गुँडबाट
उड्दै-उड्दै मेरो क्षीतिजतिर आउने चरीले
मेरो मनको डाँडाकाँडा
चिरबिराउँछ खुशी ।
तिम्रो ओँठमा फुलेको चुम्बन
मेरो गालाको फाँटभरि रंगीन फूल मुस्कुराउँछन्
र, मगमगाउँछ सुवास ।
त्यो स्पर्शको आँधीले
मनको समुद्रमा
मच्चाउँछ लहर-लहर प्रेमिल हलचल ।
र,
तिम्रो बोलीको हवाइजहाज चढेर
पैरासूटमा झुल्दै-झुल्दै मेरो जीवनको देश-प्रदेशमा
आइपुग्छ हर्ष र उल्लास ।
सधैँ सधैँ
तिमी सयमको अँध्यारो गल्ली कुनातिर
आशाको ल्याम्पपोस्ट उभिदिन्छौ
र, म

Poem By Dhruba Sapkota

केहि सन्दर्भ मुक्तकहरु
- ध्रुव सापकोटा

१.
पाखुराको घमन्डले बद्नाम गरे केटाहरुले
गोर्खालीको नाक काटे अल्लारे फेटाहरुले
गाल पर्नु पर्‍यो लाहुरे बा को मान र शानलाई
लाप्पा खेले चौरस्तामै हङ्कङका जेठाहरुले

२.
दशैं विशेष -
"मेरो देश"
विकसित हुने फगत धोको हुँ म
आशा र आश्वासनको पोको हुँ म
सधैं कुर्सीकै लडाईं हेर्न विवश
दशैमा काटिने बोको हुँ म

३.