Nepali poem and literature

Poem by Govardan Pooja

कविता

तिमी फलाम, म खिया

गोवर्धन पूजा

तिमी फलाम,
म खिया
हामी बीचको अटूट प्रेम
के थाहा यो दुनियाँलाई !

तिमीजस्तै बन्ने
मेरो असफल प्रयास
मजस्तै बन्ने
तिम्रो बिजय उत्सव !

ममा समाहित तिम्रो साधना...!

तिमी फलाम,
म खिया !

(२)
मुक्तक

दाना बदाम फोरीफोरी आधा खाने तिमी
मेराआँशु चोरीचोरी आधा लाने तिमी...
भाग लिई दुख जति सुख मलाई दिने
चिनें मैले तिम्रो माया बल्ल आज चिनें...