Modern poem

Poem "History"

लघु-कविता
"इतिहास"
- मधु माधुर्य

ठाउँठाउँमा मक्किएका / च्यातिएका पाना
ठाउँठाउँमा पुराना / आला रगतका टाटा
बीचबिचमा हराएका पाना
कतै चिथोरिएका
र कतै आँसुले ढुसिएका पाना ...
अर्थात् घाइते अक्षरहरुको संगालो
यो माटोमा उभिएर
जब म आफ्नो हातले उचाल्न खोज्दछु
"इति" हुन्छ मेरो हाँसो
मेरो देशको इतिहास !

******************