कविता
“सेन्टरपार्क ”
[Central Park]
सेन्टरपार्क सुतिरहेको थियो
सुनसान आकास मुनि
पतझर ओढेर
उत्तर शिरानी लाएर
लम्पसार सुतिरहेको थियो ।
दक्षिण तिर
अर्जुनका वायुपंखी घोडा जस्तै
आकासमा ठिँग्याएका थिए,
चौडा सडक र गगन चुम्मी भवनहरु
हवा मागि रहेका थिए
स्वाँस लिई रहेका थिए
प्वाल परेको पतझरको एककुनाबाट
सेन्टरपार्क
बाहिर चियाई रहेको थियो
सुगन्धित पत्रको बासना लिदै
हुस्सुले गुम्सिएका उस्का रहरहरु
मुस्काई रहेको बिहानीसँग
प्रित गासिरहेको थियो ।
सेन्टरपार्क,
निस्सासिएर
निर्माण गरेका हस्तरुपी
साहित्य स्तम्भहरुसंग
नोबेल, कथा र कविताहरु
पढिरहेको थियो
वैसालु विवाह पछि
लज्जाएको सुहागरात जस्तै ।
सेन्टरपार्क,
ब्युउँझे पछि
पतझरलाई फुत्त फाल्छ
र कहिलेकाहि बोलाउँछ र भन्छ
आउ भकुण्डो खेल,
गल्फ र स्किटिँग पनि,
कुदाउ रफ्तारी मोटरहरु
अश्वमेघ घोडाहरु
ताँगा र रिक्सा अनि साइकिलहरु
मेरो छातीमा गुडाउ
तल पैतलादेखि माथि शिरसम्म
दुबै पाखुरा र हातका औँला-औँलासम्म
बिश्राम नपाउँजेल सम्म खेल, उफ्र र नाच ।
सेन्टरपार्क,
निस्सत्व, निस्सपत्न आफूजस्तै
मायाका परीहरुलाई
एक कुनामा निस्सबस्त्र
अँगालोमा बाँधिएका
खेल मैदानका बहुरुपी
खेलाडीजस्तै,
पश्चिम, दाहिने तिरको
विशाल राष्टिय संग्राहालय
पुर्व पट्टिको बायाँ तर्फको नगर संग्राहालय
जहाँ सेन्टरपार्क जन्मनुभन्दा धेरै पहिले
धर्का धर्का भएका धर्तीभरि
बिछ्याइएका सेता ताराका पताकाहरु
सागरको किनारामा उभिएकी
वीरहरुकी बुट्टेदार स्वधिनता देवीले ओढेजस्तै
भर्खर आगमन भएको नाति देखेर
हर्षित भएको हजुरबुवाजस्तैे
जय जयकार मनाइरहेछ
सेन्टरपार्क ।
- किशनसिंह धामी
न्युयोर्क, अमेरिका