Interview

Madhu Madhurya

जीवन प्रकृतिको अनुपम र अनमोल उपहार हो– कवि डा.मधु माधुर्य

ख्याती प्राप्त कवि, साहित्यकार, गीतकार डा.मधु माधुर्यसंग हल्कारो डट् कमसँग स्काइपमार्फत गरिएको लघुअन्तर्वार्ता :

ख्याती प्राप्त कवि, साहित्यकार, गीतकार डा.मधु माधुर्यसंग हल्कारो डट् कमसँग स्काइपमार्फत गरिएको लघुअन्तर्वार्ता :

हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
– व्यक्तिगत काम र साहित्य सिर्जनामा व्यस्त छु ।

तपाईं सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेको मान्छे, साहित्यिक व्यक्तित्वको रुपमा बढी ख्याती कमाउनुभयो, के नामकै लागि साहित्यमा लाग्नु भएको हो ?
– नामको लागि होइन, विदेशमा बसेपनि नेपाली सहित्यको हितको लागि केहि योगदान गर्नुपर्छ भन्ने सोचद्वारा प्रेरित भएर कर्तव्य–कर्ममा लागेको हुँ ।

स्वदेश विदेशमा विक्री वितरण हुने साहित्यिक कृति र गीति एल्वमको सिर्जनाले नाम मात्र होइन आर्थिक आर्जन पनि राम्रैभएको चर्चाहरु सुन्न पाइन्छन्, यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
– उपलव्धि मूलक सिर्जनाबाट प्रेरणा र उर्जा बढी मिलेको अनुभव भैरहेको छ ।

हाइकु, कविता, कथा, आख्यान, मुक्तक, नाटक, गीत, समालोचना सबैमा हात हाल्नुभएको छ, तपाईंलाइ मनपर्ने मूलविधा कुन हो ?
– कथा र कविता लगायत मलाई सबै विधाहरु मन पर्दछन् , तर कवितामा नयाँ प्रयोगहरु गर्दा अर्कै आनन्द लागिरहेको छ ।

जीवन के जस्तो लाग्छ ?
– प्रकृतिको अनुपम र अनमोल उपहार, जसको परिभाषा शव्दमा अभिव्यक्त गर्दा कहिले पनि पूर्ण हुँदैन ।

जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा के हो ?
– जीवन र प्रकृतिलाई हानी नोक्सानी नगर्ने सम्पूर्ण कुराहरु महत्वपूर्ण हुन्छन् , जस्तो कि मानवता, प्रेम, करुणा, ईमान, विवेक ....।

तपाईंलाई मनपर्ने साहित्यकारहरु ?
– धेरैछन्, जस्तो कि चार्ल् सडिकेन्स, टाल्सटाय .......।

संसार अहिले अशान्त र कोलाहलमय छ, यसको मूलकारण के हुनसक्छ ?
– पैसाले ईश्वरलाई विस्थापन गरिरहेको अवस्था हो, विवेक र ईमानलाइ बिर्सेर मानिस, संस्था वा रास्ट्रहरु आ–आफ्नै स्वार्थका पछाडि दौडिरहेकाले नै हो ।

अध्यात्म विज्ञान र क्वान्टम विज्ञानमा के अन्तर छ ?
– वर्षायामको वादल र बरफमा जतिकै अन्तर छ (अन्तमा दुबैको गन्तव्य पानी नै हो), दुवै जीवन आयामको रहस्यमा डुबिरहेका छन् । एउटा प्रत्यक्ष अनुभूतिजन्य अभ्यासमार्गबाट र अर्को वैज्ञानिक प्रविधि एवं प्रयोगको मार्गबाट रहस्य उद्घाटन गर्न व्यस्तछन् ।

तपाईंलाइ के बाट आनन्द प्राप्त हुने गर्छ ?
– धेरै कुराहरुबाट झ्याउँकिरीको झ्यौँउ झ्यौँउ, चराहरुको चिरिविरी, पानीको कलकल सुनेर, “म को हुँ” ध्यानबाट, परोपकारबाट, कविता लेखनबाट ।

हाम्रा पाठकलाई केहि सुनाउन चाहनुहुन्छ कि ?
– केहि केहि कुराहरु सुनाइ सके जस्तो लाग्छ, अब केहि कुराहरु पाठकबाट पनि सुन्न चाहन्छु ।

SOURCE : http://halkaro.com/viewdetail.php?id=2355