Nepali Vocabulary: Pravin Adhikari

नयाँ पुस्ताले थाहा पाउनु जरुरी शब्दहरु
========================
प्रवीण अधिकारी

कम शब्दमा खदिलो गरी विचार पोख्नु कुशाग्रताको लक्षण हो | यसकोलागि थोरै लेखेर या बोलेर धेरै अर्थ निकाल्ने शब्दको जानकारी हुनैपर्छ | यस्ता शब्दहरु प्रयोग गर्दा वाक्य–रचनामा संक्षिप्तता, सुन्दरता तथा गंभीरता आउछ | श्वर र व्यंजन अक्षरबाट सुरु भएका तर मासिने तरखरमा पुगेका केही शब्दहरु
उदाहरणको रुपमा हेरौं –
वाक्यांश वा शब्द समूह -- -- --शब्द
========================
• जे कुरो भन्न सकिन्न — अकथनीय
• जसलाई क्षमा दिन सकिन्न — अक्षम्य
• जँहा कोहि पुग्न सक्तैनन् — अगम्य
• जो कहिल्यै बुढो हुन्नन् — अजर
• जसका कोही शत्रु छैनन् — अजातशत्रु
• जसलाई जित्न सकिन्न — अजेय
• जसलाई देख्न सकिन्न — अदृश्य
• जो समान अरु छैनन — अद्वितीय
• अर्काको मनको कुरो बुझ्ने — अन्तर्यामी
• पृथ्वी, ग्रह र तारा रहने ठाउँ — अन्तरिक्ष
• दोश्रो प्रहर पछिको समय— अपराह्न
• जे कुरा नियम विरुद्ध छ — अपवाद
• जसमाथि अपराध गरेको अभियोग लगाइएको छ — अभियुक्त
• जे कुरा पहिला कहिल्यै भएन — अभूतपूर्व
• फ्यालेर चलाइने हतियार — अस्त्र
• जसको गणना गर्न सकिन्न — अगणित/अगणनीय
• जसलाई पढिएको छैन — अपठित
• जो आउने तिथि निश्चित गरिएको थिएन — अतिथि
• कमर मुन्तिर लाउने लुगो — अधोवस्त्र
• जुन कुरोको निश्चय छैन — अनिश्चित
• जसलाई भाषाद्वारा वर्णन गर्न सकिन्न — अनिर्वचनीय
• अत्यधिक बढ़ाई चढ़ाई गरिएको कुरो — अतिशयोक्ति
• सबैभन्दा अघि रहने — अग्रणी
• जो पहिले जन्मियो — अग्रज
• जो पछि जन्मियो — अनुज
• जसलाई दृष्टि लाउन सकिन्न — अगोचर
• जसको विषयमा केही थाहा छैन — अज्ञात
• अलिपछि आउने — आगामी
• अण्डाबाट निस्कने — अण्डज
• जसलाई छोइदैन — अछूत
• जसलाई छोइएको छैन /छुन मिल्दैन ( जेठाजु र बुहारी )— अछूता
• जसलाई उसको ठाउँबाट हटाउन सकिन्न — अच्युत
• जसले आफ्नो कुरो टार्दैन /फेर्दैन — अटल
• जुन पुस्तकमा आठ अध्याय छन् — अष्टाध्यायी
• आवश्यकता भन्दा बढी वृष्टि — अतिवृष्टि
• वृष्टि नहुनु — अनावृष्टि
• एकदम थोरै पानी पर्नु — अल्पवृष्टि
• इंद्रियहरुको पहुँच बाहिर रहेको — अतीन्द्रिय/इंद्रयातीत
• सीमानाको अनुचित उल्लंघन— अतिक्रमण
• बितेको कुरो — अतीत
• जसको गहिराई थाहा पाउन सकिन्न — अथाह
• अगाडिको कुरो विचार्न नसक्ने — अदूरदर्शी
• त्यस्तो आदेश जो निश्चित अवधिकोलागि मात्र लागु हुन्छ — अध्यादेश
• जसमाथि कसैले अधिकार जमाएको छ — अधिकृत
• त्यस्तो सूचना जसलाई सरकारले जारी गर्छ — अधिसूचना
• विधायिकाले स्वीकृत गरेको नियम— अधिनियम
• अविवाहित केटी — अनूढ़ा
• त्यस्ती महिला जसको लोग्नेले अर्को बिहे गरेको छ — अध्यूढ़ा
• अर्काकी विवाहिता महिला — अन्योढ़ा
• गुरुसंग बसेर पढ़ने — अन्तेवासी
• पहाड़माथिको समथर जमीन— अधित्यका
• जसको हस्ताक्षर तल गरिएको छ — अधोहस्ताक्षरकर्त्ता
• एक भाषामा व्यक्त गरिएको कुरो अर्को भाषामा व्यक्त गर्नु — अनुवाद
• कुनै सम्प्रदायलाई समर्थन गर्ने — अनुयायी
• कुनै प्रस्ताव समर्थन गर्ने प्रक्रिया — अनुमोदन
• जसका बाबु आमा छैनन — टुहुरो , अनाथ
• जसको जन्म निम्न वर्णमा भयो — अंत्यज
• परम्परादेखि सुनिदै आएको कथा — अनुश्रुति
• अर्को उपाय नभएको — अनन्योपाय
• त्यस्ता दाजु भाई जो अर्कै आमाबाट जन्मिएका हुन् — अन्योदर
• परेला नझिम्क्याई — अनिमेष/निर्निमेष
• जसलाई बोलाइएको होइन — अनाहूत
• जसलाई छोपिएको छैन — अनावृत
• जसलाई दोहोर्याइएको छैन — अनावर्त
• पहिले लोएखिएको पत्रको स्मरण— अनुस्मारक
• अनुसरण गर्ने — अनुगामी
• जसलाई क्यै थाहा छैन — अनभिज्ञ
• जसलाई आदर गरिन्न — अनादृत
• जसको मन अन्तै पुगेको छ — अन्यमनस्क
• व्यर्थै खर्च गर्ने — अपव्ययी
• आवश्यकता भन्दा बढी नजोगाउने — अपरिग्रह
• जसले अरुमाथि अभियोग लाउछ — अभियोगी
• रोगीकोलागि निषिद्ध खाना — अपथ्य
• जुन लुगो लाइएको छैन — अप्रहत
• न जोतिएको खेत — बाँझो
• नमागी पाइएको — अयाचित
• जो थोरै बोल्छ — अल्पभाषी/मितभाषी
• आदेश नमान्ने — अवज्ञा
• तलव नलिई काम गर्ने — अवैतनिक
• जो व्यक्ति विदेशमा बस्दछ — आप्रवासी
• जो सहनशील छैन — असहिष्णु
• जसको कहिल्यै अन्त हुन्न — अनन्त
• जसलाई दमन गर्न सकिन्न — अदम्य
• जसको स्पर्श गरिन्न — अस्पृश्य
• जसलाई विश्वास गर्न सकिन्न — अविश्वस्त
• जुन रचना अन्य भाषाको अनुवाद हो— अनूदित
• जो दरिद्र छ — अकिँचन
• जो कहिल्यै मर्दैन — अमर
• जो सुनिएकै छैन — अश्रव्य
• जसलाई छेड्न सकिन्न — अभेद्य
• जसलाई सिकाउन ,रत्याउन सकिन्न — असाध्य
• यस संसारमा नभएको — अलौकिक
• जसले संसारिक कुरो थाहा पाएको छैन — अलोकज्ञ
• जसलाई नाघ्न सकिन्न — अलंघनीय
• जसको तुलना हुन सक्तैन — अतुलनीय
• जसको आदि (प्रारम्भ) था छैन — अनादि
• जसको गणना पहिले हुन्छ — अग्रगण
• जसलाई कुनै उपमा दिन सकिन्न — अनुपम
• जसको बर्णन हुन सक्दैन — अवर्णनीय
• जसको खंडन गर्न सकिन्न — अखंडनीय
• जुन कुरो थाहा पाउन सकिन्न — अज्ञेय
• जो निकै गहिरो छ — अगाध
• जसको चिन्तन गर्न सकिन्न — अचिँत्य
• जुनकुरोको विपरित जान सकिन्न — अकाट्य
• जसलाई त्याग्न सकिन्न — अत्याज्य
• खाश मूल्य भन्दा बढी लिएको मूल्य — अधिमूल्य
• अरुसंग सम्बन्ध नराख्ने ,आफुसंग मात्र राख्ने — अनन्य
• जसको घर (निकेत) छैन — अनिकेत
• जुन कुराको समाधान गर्नैपर्छ — अनिवार्य
• जसको कसैसंग प्रेम छ — अनुरक्त
• जो अनुग्रह (कृपा) युक्त छ — अनुगृहीत
• जुन कुराको उत्तर दिइएको छैन — अनुत्तरित
• अनुकरण गर्न सकिने — अनुकरणीय
• जो कहिल्यै आएको छैन — अनागत
• जसमा श्रेष्ठ गुण छैन — अनार्य
• जे कुराको आश गरिएको छ — अपेक्षित
• जसलाई नाप्न सकिन्न — अपरिमेय
• तलतिर तान्नु — अपकर्ष
• जो अगाडी छैन — अप्रत्यक्ष/परोक्ष
• आश न गरिएको कुरो — अप्रत्याशित
• जे कुरा प्रमाण पुग्दैन — अप्रमेय
• पटक पटक एउटै काम गरिएको अनुभव भएको — अभ्यस्त
• कुनै वस्तु प्राप्त गर्ने तीव्र इच्छा— अभीप्सा
• जसको साहित्य कला आदिमा रस छैन — अरसिक
• थोरै जान्ने — अल्पज्ञ
• जसलाई वध गर्न मिल्दैन — अवध्य
• विधि या कानून विरुद्ध — अवैध
• राम्रो नराम्रो नसोच्ने — अविवेकी
• विभाजन गर्न नसक्ने — अविभाज्य/अभाज्य
• विभाजन न गरिएको — अविभक्त
• विचार न गरिएको — अविचारित
• जुन काम अवश्य हुन्छ — अवश्यंभावी
• व्यवहारमा नल्याइएको — अव्यवहृत
• भन्न ,सुन्न ,हेर्न लज्जापूर्ण मानिने — अश्लील
• जुन रोगको उपचार छैन — असाध्य रोग
• जुन कुरोको पार पाईन्न — अपार
• बुढो जस्तो देखिने — अधेड़
• जसको मूल्य तोक्न सकिन्न — अमूल्य
• जो मृत्यु निकट पुगेको छ — आसन्नमृत्यु
• कुनै कुरोमा बरोबर भनिरहनु — आग्रह
• जसको हात घुंडा सम्म पुग्छ — आजानुबाहु
• मृत्युपर्यन्त— आमरण
• जो आफै निर्भर छ — आत्मनिर्भर/स्वावलंबी
• व्यर्थको प्रदर्शन— आडम्बर
• जीवन भरी — आजीवन
• आफ्नो हत्या आफै गर्ने — आत्महत्या
• आफ्नो प्रशंसा आफै गर्ने — आत्मश्लाघी
• शीघ्र प्रसन्न हुने — आशुतोष
• शुरुदेखि अन्तसम्म — अद्योपान्त
• जसले पाहुनाको सत्कार गर्छ — आतिथेय
• अर्काकोलागि जीवन त्याग्ने — आत्मोत्सर्ग
• एकदम क्रूर व्यवहार गर्ने — आततायी
• जसको सम्बन्ध आत्मासंग छ — आध्यात्मिक
• जोमाथि हमला गरिएको छ — आक्रांत
• जसले हमला गर्यो — आक्रांता
• जसलाई सूँघन सकिन्न — आघ्रेय
• गुण र दोष केलाउने — आलोचक
• पवित्र आचरणमा रहेको — आचारपूत
• लेखकले लेखेको आफ्नो जीवनी— आत्मकथा
• इक्षा गरिएको चिज — इच्छित
• कुनै घटनाको कालक्रम वर्णन — इतिवृत्त
• यस लोकसंग संबंधित— इहलौकिक
• अर्काको उन्नतिको डाढो गर्ने — ईर्ष्या
• पहाडले घेरिएको समतल भूमि— उपत्यका
• जुठो वस्तु— उच्छिष्ट
• कुनै नियम पालन नगर्ने — उच्छृंखल
• सूर्य र चन्द्रमा उदित भएको देखिने ठाउँ — उदयाचल
• जसलाई अरुले उपकार गरेको छ — उपकृत
• उत्पादकतव राम्रो भएको ठाउँ — उर्वरा
• सम्पूर्ण ऋण तिरेको मान्छे — उऋण
• संसारबाट विरक्तिएको — उदासीन
• दुबैतिर निष्ठा भएको — उभयनिष्ठ
• मास्तिर जाने — उर्ध्वगामी
• नदीको उत्पतिस्थल — उद्गम
• कुनै वस्तु निर्माण गर्दा चाहिने सहायक साधन— उपकरण
• उपासना योग्य देउता — उपास्य
• सूर्योदयको लालिमा— उषा
• जुन भूमिमा क्यै उम्रिन् — ऊसर
• विचारहरुको त्यस्तो प्रवाह जसबाट निष्कर्ष निस्कन्न — ऊहापोह
• व्यक्तिको इच्छामा निर्भर रहने — ऐच्छिक
• अन्नपात कूटने ढुंगा वा काठको भाँडो — ओखल
• त्यस्तो शिष्टाचार, जो व्यावहारिकताकोलागि मात्र हो — औपचारिक
• विवाहिता पत्नीबाट जन्मेको संतान— औरष
• दुइ व्यक्तिहरु बीचको कुराकानी — कथोपकथन
• जो आफ्नो मत या विश्वासलाई बढि महत्व दिन्छ — कट्टर
• जसको कल्पना गर्न सकिन्न — कल्पनातीत
• कर्ममा तत्पर रहने — कर्मठ
• कानमै गरिने कुराकानी — साउती
• आफ्नो गलती स्वीकार गर्ने — कायल

अघिल्लो पोष्टमा श्वर वर्णका लोपोन्मुख शब्दहरुको संगालो नयाँ पुस्ताकोलागि प्रस्तुत गरेको थिए | आज व्यंजन वर्णहरु "क" देखि " ह " र संयुक्त वर्ण सम्म "क्ष" सम्म हिंजोका दिनमा हाम्रो नेपाली भाषामा प्रयोग हुँदै आएका तर आजको दिनमा क्रमशः विश्मृत हुँदै जान थालेका केही शब्दहरु नयाँ पुस्ताकोलागि प्रस्तुत गरेको छु | मेरो ज्ञान चक्षु खोली अर्द्ध शिक्षित बन्न मलाइ प्रेरणा दिनु भएका मेरा समस्त गुरुवरहरुप्रति समर्पित |
• परापूर्वकालदेखिनै सुनेर प्रचलित हुँदै आएका कुरा — किँवदन्ती / जनश्रुति
• आफुले गर्नु पर्ने काम सम्बन्धमा केही निश्चय गर्न नसक्ने भएको अवस्था — किँकर्तव्यविमूढ़
• वृक्ष र लहराहरुले ढाकिएको क्षेत्र — कुञ्ज
• बिहे नभएको केटो — कुमार
• बिहे नभएकी केटी — कुमारी
• समाजले नपचाउने , नराम्रो काम गर्ने — कुकर्मी
• खराब बाटो अंगाल्ने — कुमार्गी
• जसको बुद्धि तेजिलो छ — कुशाग्रबुद्धि
• राम्रो कुलमा जन्मिएको — कुलीन
• त्यस्तो व्यक्ति जसको ज्ञान आफैमा मात्र सीमित छ — कूपमंडूक
• गरिएको उपकारलाई स्विकार्ने — कृतज्ञ
• गरिएको उपकार प्रति अनुगृहित हुने — कृतघ्न
• जे कुरामा पनि कंजूसी पन देखाउने — कृपण
• जसले मनमा संकल्प गरिराखेको छ — कृतसंकल्प
• सर्पको शरीरबाट निस्किएको खोल — काँचुली
• त्यस्ती स्वास्नी मान्छे जसको लोग्ने अन्य स्वास्नी मान्छेसंग रात बिताएर प्रातःकालतिर घर फर्किन्छ — खण्डिता
• आकाशीय पिण्डहरुको चर्चा गर्ने — खगोलशास्त्री
• नायकको प्रतिद्वन्द्वी— खलनायक
• जहाँबाट गंगा नदी निस्किन्छिन / उद्गम हुन्छिन — गंगोत्री
• शरीरको व्यापार गर्ने स्वास्नी मान्छे — गणिका
• जसले आकाश छोइरहेको छ — गगनस्पर्शी
• पहिलेदेखि चलेर आएको परम्पराको पालन गर्ने व्यक्ति — गतानुगतिक
• ग्रहण गर्ने खालको — ग्राह्य
• गीत गाउने — गायक वा गायिका
• गीत रचना गर्ने — गीतकार
• हरेक पदार्थलाई आफूतिर तान्ने शक्ति— गुरुत्वाकर्षण
• जुन कुरो गूढ़ (रहस्यपूर्ण) छ — गूढ़ोक्ति
• जीवनको द्वितीय आश्रम— गृहस्थाश्रम
• गाईहरुको खुरबाट उडने धूलो — गोधूलि
• गाईहरु जंगलबाट फर्किने वेला उडेको धूलोले आकाश भरिए झैँ देखिने समय (दिन र रात्रि बिचको समय )— गोधूलि वेला
• गाई बस्ने स्थान— गौशाला , गोठ
• घास काटेर जीवन निर्वाह गर्ने — घाँसी
• शरीरलाई हानि पुर्याउने चिज — घातक
• जो घृणाको पात्र हो— घृणित / घृणास्पद
• जसको शिरमा चंद्रकला छ (शिव)— चंद्रचूड़ / चंद्रशेखर
• त्यस्तो कृति जसभित्र गद्य र पद्य दुवै शैली विद्द्यमान छ — चंपू
• चक्र परेर घुम्ने हुरी /हावा — चक्रवात
• मूल ब्याजमापनि ब्याज लाउने तरिका — चक्रवृद्धि ब्याज
• जसका हत्केलामा चक्रको चिन्ह छ — चक्रपाणि
• चारबटा भुजाहरु भएको — चतुर्भूज
• लामो आयु भएको — चिरञ्जीवी
• जो चिरकालदेखि चल्दै आएको छ — चिरंतन / परम्परा
• जो लामो समय सम्म रहन्छ — चिरस्थायी
• चिन्तन योग्य कुरो — चिन्तनिय
• जे कुरामा चिह्न लगाइएको छ — चिह्नित
• चार खुट्टा भएको — चौपाया / चतुष्पद
• जो लुकेर बस्छ — छद्मवासी , भूमिगत
• अर्काको दोषमात्र खोज्ने — छिद्रान्वेषी
• ढुङ्गा फ़ोडने औजार— छेनी
• एक ठाउँदेखि अर्को ठाउँ जाने — जंगम
• पेटको अग्नि— जठराग्नि
• पहाड़बाट निस्किने आगो — ज्वालामुखी
• चमत्कारी काम गरेर देखाउने — जादूगर
• जान्न चाहने — जिज्ञासु
• इन्द्रिय बसमा राख्ने — जितेन्द्रिय
• जीवनभरि गरेका कामको विवरण — जीवन चरित्र
• ज्ञान दिने — ज्ञानदा
• ज्ञान प्राप्त गर्न चाहने — ज्ञानपिपासु
• निकै गहिरो र निकै ठूलो प्राकृतिक जलाशय— झील
• भाँडाकुँडा बनाउने — बाँडा
• जो कुनै गुटमा छैन — तटस्थ / निर्गुट
• हल्का निन्द्रा — तन्द्रा
• जो कुनै कार्य वा चिन्तनमा डुबेको छ — तल्लीन
• ऋषिहरुले तपस्या गरेको भूमि— तपोभूमि
• त्यसै समयको — तत्कालीन
• बाण राख्ने ठोक्रो — तरकश / तूणीर
• चोरेर समान ओसार पोसार गर्ने — तस्कर
• कसैले पद छोड़न लेखेको पत्र — त्यागपत्र
• तर्क गर्ने व्यक्ति— तार्किक
• दैहिक, दैविक र भौतिक सुख— तापत्रय
• ज्ञान प्रवेशको मार्गदर्शक— तीर्थाङ्कर
• दुखान्त नाटक— त्रासदी
• भूत, वर्तमान र भविष्य देख्ने व्यक्ति — त्रिकालदर्शी
• तीन नदीको संगम— त्रिवेणी
• तीन आँखो भएको — त्रिनेत्र
• दुवै भृकुटिहरुको बिचको भाग — त्रिकुटी
• तीन महीनाको एक पल्ट — त्रैमासिक
• पृथ्वीमा रहने — थलचर
• लोग्ने स्वास्नीको जोडी — दम्पती
• दस वर्षको अवधि — दशक
• जंगलमा फैलिएको आगो — दावानल
• दिनभरी गरिएको काम — दिनचर्या
• देख्ता राम्रो लाग्ने — देखावटी
• दिउँसो देखिएको सपना — दिवास्वप्न
• दुईपल्ट जन्म लिने (ब्राह्मण, पक्षी, दाँत)— द्विज
• जसले दीक्षा लिएको छ — दीक्षित
• अनुचित कुरोकोलागि आग्रह— दुराग्रह
• गर्न नसकिने काम — दुष्कर
• जसमा कुनै अड़चन / बाधा छैन — निष्कंटक
• कुनै शुल्क नलाग्ने — निःशुल्क
• जसका संतान छैनन — निःसंतान
• आफ्नो स्वार्थ नभएको — नि:स्वार्थ
• व्यापारिक वस्तु अर्को देशमा पठाउने काम — निर्यात
• देशबाट निकालिएको — निर्वासित
• कुनै बाधा बिना — निर्बाध
• ममत्व नभएको — निर्मम
• जसलाई कसैको उपमा दिई तुलना गर्न सकिन्न — निरुपम
• निर्णय कर्ता — निर्णायक
• जसलाई लोभ छैन — निष्काम
• जुन कुरोमा कसैको विवाद छैन — निर्विवाद
• निन्दा गर्न मिल्ने — निन्दनीय
• जसमा कुनै कुराको विकार छैन — निर्विकार
• लज्जा विहिन — निर्लज्ज
• भय विहिन — निर्भय
• नीति जान्ने — नीतिज्ञ
• रंगमंचमा पर्दा पछाडिको स्थान— नेपथ्य
• आजीवन ब्रह्मचर्य व्रत गर्नसक्ने — नैष्ठिक
• नीति अनुकूल — नैतिक
• न्यायशास्त्रको कुरो जान्ने — न्यायीक
• पक्षपात गर्ने — पक्षपाती
• पदार्थको सबै भन्दा सानो कण— परमाणु
• आवश्यकता बमोजिम — पर्याप्त
• नाटकको पर्दा झार्नु — पटाक्षेप
• आफुले गरेको गलती प्रति दुःख मान्नु — पश्चाताप
• आफ्ना श्रीमान संग मात्र अनुराग राख्ने महिला — पतिव्रता
• उपाय / मार्ग सुझाउने — पथ-प्रदर्शक / मार्गदर्शक
• आफ्नो बाटो छोडी अन्यत्र लागेको — पथभ्रष्ट
• पदबाट हटाइएको — पदच्युत
• रोगी मान्छेकोलागि तयार पारेको खानेकुरो — पथ्य
• देश देशान्तर भ्रमण गर्ने यात्री— पर्यटक
• अरु संग निर्भर रहेको व्यक्ति — पराश्रित / पराश्रयी
• परपुरुष संग प्रेम गर्ने महिला — परकीया
• लोग्नेले छोडेकी आइमाई — परित्यका
• अर्काको अनुहार ताक्ने आशे — परमुखापेक्षी
• लाउन मिल्ने — परिधेय
• नाप्न सकिने — परिमेय
• जो सधैं बदलि रहन्छ — परिवर्तनशील
• जो आँखो अघि छैन — परोक्ष / अप्रत्यक्ष
• अरुको उपकार गर्ने — परोपकारी / परमार्थी
• जसले अनुभव बटुली सकेको छ — परिपक्व
• प्रशंसा गर्ने योग्य— प्रशंसनीय
• कुनै प्रश्नको तत्काल उत्तर दिन सक्ने मति— प्रत्युत्पन्नमति
• कुनै वादको विरोध गर्ने — प्रतिवादी
• त्यस्तो ध्वनि जो ठोक्किएर आउछ — प्रतिध्वनि
• जसले कुनै मत चलाउछ — प्रवर्तक
• जसले भर्खरै बच्चा पाएकी छ — प्रसूता
• त्यस्तो आकृति जो शिशा वा पानीमा देखिन्छ — प्रतिबिम्ब
• हास्य रस भरिएको नाटिका— प्रहसन
• प्रमाण दिएर सिद्ध गर्न सकिने — प्रमेय
• संध्याकाल वा रात्रिकाल शुरु हुनु अघिको समय— प्रदोष/पूर्वरात्र
• ज्ञान नेत्रले हेर्न सक्ने अंधो व्यक्ति— प्रज्ञाचक्षु
• सभामा विचारार्थ प्रस्तुत गरिएको कुरो — प्रस्ताव
• हातले लेखिएको पुस्तक— पाण्डुलिपि
• परिश्रम गरे वापत पाइएको पैसो — पारिश्रमिक
• जसको स्वभाव पशु जस्तो छ — पाशविक
• महीनाको प्रत्येक पक्षसंग संबंधित— पाक्षिक
• कुनै विषय वस्तुको पूर्ण ज्ञाता— पारंगत
• जेबाट वार पार देख्न सकिन्छ — पारदर्शी
• जे कुरा परलोक संग संबंधित छ — पारलौकिक
• बाटोकोलागि खाने कुरा — पाथेय
• जेको सम्बन्ध पृथ्वी संग छ — पार्थिव
• थाहा भएको इतिहास भन्दा पहिलेको कुरो — प्रागैतिहासिक
• पृथ्वीको त्यो भाग जसको तीनतिर पानी छ — प्रायद्वीप
• पीउने इच्छा गर्ने — पिपासु
• पटक पटक भनिएको कुरो — पूनरुक्ति
• जसको पुनः जन्म भएको छ /वा जो मरेर वांचेको छ — पूनर्जन्म
• पहिले भनिएको कुरो — पूर्वोक्त
• दोश्रो प्रहर भन्दा पहिलेको समय— पूर्वाह्न
• प्राचीन इतिहासका ज्ञाता— पुरातत्त्ववेत्ता
• पिउने योग्य पदार्थ— पेय
• बाबु बाजेसंग संबंधित — पैतृक
• जुन सम्पत्ति बाबुबाट पाएको हो — पैतृक सम्पत्ति
• फाटेको लुगा लाएर हिडने — फटीचर
• फलको इच्छा राख्ने — फलेच्छु
• गाई दुहुँदा गाइको खुट्टोमा बाध्ने डोरी / भर्खर जन्मिएको बाच्छा बाच्छीलाई खुत्तोमा बाँध्ने डोरी — नवि / खुट्टे
• नयाँ नयाँ आएको — नवागंतुक
• जसको उदय भर्खरै भयो — नवोदित
• आकाशमा विचरण गर्ने — नभचर
• नष्ट हुने चिज — नाशवान / नश्वर
• नर्क योग्य — नारकीय
• कपाल काटने ठाउँ — नापितशाला
• कसैसंग नडराउने — निडर / निर्भीक
• जो कपट रहित छ — निष्कपट
• पढ़न,लेख्न नजान्ने — निरक्षर
• जसको अर्थ छैन — निरर्थक
• जसको कुनै इच्छा छैन — निस्पृह
• आकार नभएको — निराकार
• शाग , फल ,फूल खाने — निरामिष
• जोबाट हानि हुन्न — निरापद
• खानेकुरा नखाई बस्ने व्रत — निराहार
• संसारको कुनै चिज पनि मन नपराउने — निराशावादी
• जसले उत्तर दिन सक्तैन — निरुत्तर
• जसमा कुनै दाग / कलंक लागेको छैन — निष्कलंक
• सूर्योदय भन्दा पहिले ४८ मिनेट वा दुईघड़ी सम्मको समय— ब्रह्ममुहूर्त
• जीवनको पहिलो आश्रम— ब्रह्मचर्याश्रम
• धेरै कुरो जान्ने — बहुज्ञ
• जसले सुनेरै धेरै कुरो थाहा पाएको छ — बहुश्रुत
• समुद्रमा लाग्ने आगो — बड़वानल
• जसले अनेक रूप धारण गर्दछ — बहुरूपि
• धेरै देउताको अस्तित्व स्विकार्ने मत— बहुदेववाद
• धेरै मूल्य पर्ने — बहुमूल्य
• अनेक भाषा जान्ने — बहुभाषाविद्
• जसका संतान छैनन — बाँझो
• खान चाहने — बुबुक्षु
• भाग्यमा विश्वाश गर्ने — भाग्यवादी
• जसले भाग्यमै लेखेर ल्या छ — भाग्यवान
• जसले पृथ्वी भित्रको ज्ञान राख्छ — भूगर्भवेता
• जो पहिले थियो — भूतपूर्व
• पृथ्वीलाई धारण गर्ने — भूधर
• औषधि विषय जान्ने — भेषज
• प्रातःकालतिर गाइने राग— भैरवी
• भूगोल संग संबंधित— भौगोलिक
• फूलको रस— मकरंद
• दोश्रो प्रहर — मध्याह्न
• जाडोमा पर्ने पानी — महावट
• हात्ती हिंडाउने — माहुते
• सुख र दुःखमा एक नासले रहने — मनस्वी
• गोहीको जस्तो आँखो भएको — मकराक्ष
• कुनै मत अनुसरण गर्ने — मतानुयायी
• जसले ठूलो अकांक्षा राख्छ — महत्वाकांक्षी
• जसको बुद्धि कमजोर छ — मन्दबुद्धि / मतिमन्द्य
• जसको आत्मा महान छ — महात्मा
• कुनै चीजको मर्म बुझेको / ज्ञाता— मर्मज्ञ
• मध्यरात्रिको समय— मध्यरात्र
• मनको असीम दुःख— मनस्ताप
• वालुवै वालुवा भा ठाउँ — मरुस्थल
• मासु खाने — मांसाहारी
• थोरै खाने — मिताहारी
• थोरै खर्च गर्ने — मितव्ययी
• झूठो बोल्ने — मिथ्यावादी
• जुन स्वास्नी मान्छेको आँखो माछोको जस्तो छ — मीनाक्षी
• अलिकति फक्रिएको फूल — मुकुल
• शुभ काम गर्न निकालिएको समय— मुहूर्त
• दिल खोलेर भनेको — मुक्तकंठ
• मुद्राको धेरै चलन/प्रसार— मुद्रास्फीति
• मरणासन्न अवस्थामा पुगेको — मुमूषु
• मर्ने इच्छा राख्ने — मुमूर्षा
• मोक्षको इच्छा राख्ने — मुमुक्षु
• चुपचाप हेरिरहने — मूकदर्शक
• हरिणको जस्तो आँखोँ भएकी — मृगनयनी
• जो मीठो बोल्छ — मृदुभाषी
• जसले मृत्युलाई जितेको छ — मृत्युंजय
• कमलको डांठ — मृणाल
• जुन रचना आफैले गरेको हो — मौलिक
• जम्ल्याहा दाजु बहिनी — यमल / यमला
• आफ्ना शक्ति अनुसार गर्नु — यथाशक्ति
• जस्तो चाहिन्छ त्यस्तै उचित ठानिन्छ — यथोचित
• जो यंत्र संग संबंधित हुन्छ — यान्त्रिक
• बाचुञ्ज्याल सम्म — यावज्जीवन / जीवनपर्यँत
• घुमी घुमी जीवन धान्ने — यायावर / नट
• समाजलाई नयाँ दिशा दिएर नयाँ युगको शुरुआत गर्ने व्यक्ति — युगप्रवर्तक
• अपने आफ्नो युगको ज्ञान राख्ने — युगद्रष्टा
• यज्ञस्थान वा मन्दिरमा बलिदिन स्थापित गरिएको खाँवो — यूप
• रातमा नदेख्ने — रतन्धो
• कर अशुल गर्ने सरकारी विभाग— राजस्व विभाग
• राज्यद्वारा आधिकारिक रूपमा प्रकाशित गरीने पत्र— राजपत्र (गजेट)
• जसमा चिनो लगाईएको वा धर्सो कोरिएको छ — रेखांकित
• प्रेम, आनन्द, भय आदिले रौँ ठाडो हुने अवस्था — रोमाञ्च
• प्रसन्नभएर रौँ ठाडो भएको वेला — रोमाञ्चित
• दाउरो बेचेर जीवन धान्ने — दाउरे
• जसलाई देखेर रौँ ठाडो हुन्छ — लोमहर्षक
• वंश परम्परा अनुसार— वंशानुगत
• जसका हातमा वज्र हुन्छ — वज्रपाणि
• ज्यादै कठोर आघात— वज्राघात
• बचपन र यौवन विचको उमेर — वयसंधि
• जसको वर्णन गर्न सकिन्न — वर्णनातीत
• ज्यादै वोल्ने — वाचाल
• सन्तान प्रति प्रेमभाव — वात्सल्य
• मुद्दा दायर गर्ने — वादी
• जसको वाणीमा पूर्ण अधिकार छ — वाचस्पति
• सामाजिक मान मर्यादा विपरीत काम गर्ने — वामाचारी
• गृह–निर्माण संबंधी विज्ञान— वास्तुविज्ञान
• बाहिरको तापमान रोक्ने व्यवस्था— वातानुकूलन
• जेमा विष मिसिएको छ — विषाक्त
• जे कुरोमा विश्वास गर्न सकिन्छ — विश्वस्त
• जुन विषयको निश्चित मत छैन — विवादास्पद
• जसकी स्वास्नी मरेकी छे — विधुर
• जसको लोग्ने मरीसक्यो — विधुवा
• सौतेनी आमा — विमाता
• जो छुट्टै जातको हो — विजातीय
• जे कुरामा विचार विमर्श हुदैछ — विचाराधीन
• त्यस्ती आइमाई जो पढ़ीलेखि ज्ञानी भएकी छन् — विदुषी
• आफ्नो हितअहित सोच्न सक्ने — विवेकी
• आफ्नो ठाउँ छोडेर हिंड्न वाध्य बनाइएको — विस्थापित
• जे कुरोमा विकार छ — विकृत
• आफ्नो धर्म विरुद्ध काम गर्ने — विधर्मी
• जे कुरा विधि / कानून सम्मत छ — विधिवत्/वैध
• कुनै विषय वस्तुको विशेष ज्ञान राख्ने — विशेषज्ञ
• विनाश गर्ने व्यक्ति — विध्वंसक
• जसको शरीरको अंग कम छ — अपाङ्ग
• जो व्याकरण पूरा जान्दछ — वैयाकरणचार्य
• सय वर्ष — शताब्दी
• जो शरणमा आइपुगेको छ — शरणागत
• शरण पाउने ईक्षा गर्ने — शरणार्थी
• हातले समातेर चलाइने हतियार — शस्त्र
• सय वस्तुहरुको संग्रह— शतक
• जुन कुरोको आदि र अंत थाछैन — शाश्वत
• जुन शब्दको दुई वा सो भन्दा बढी अर्थ हुन्छन — शिलष्ट
• शिवको स्थान — शिवालय
• शुभता चाहने — शुभेच्छु / शुभाकांक्षी
• अनुसंधानकोलागि दिइने अनुदान— शोधवृत्ति
• सुन्ने योग्य कुरो — श्रवणीय
• जो व्यक्तिमा श्रद्धा भावना छ — श्रद्धालु
• पति/पत्नीको बाबु — श्वसुरो
• पति/पत्नीकी आमा — श्वश्रू (सासु )
• पत्नीको भाई— श्वशुर्य (सालो )
• जसको छ कोण छ — षट्कोण
• जसको छपद छ — षट्पद
• छ छ महिनामा हुने — षण्मासिक
• सोह्र वर्षकी केटी — षोडशी
• दुई नदीहरुको मिलन स्थल — दोभान , संगम
• इन्द्रिय वशमा राख्ने — संयमी
• जसले समाचार पठाउँछ — संवाददाता
• एउटै आमाबाट जन्मेका दाजु ,भाई/ दिदी ,वहिनी — सहोदर / सहोदरा
• जसले गुण–दोष केलाउँछ — समालोचक
• सबै कुरो जान्ने — सर्वज्ञ
• जो समान आयुको हो — समवयस्क
• जो सबैलाई समान दृष्टिले हेर्छ — समदर्शी
• साहित्यिक गुणदोष केलाउंने व्यक्ति — समीक्षक
• एउटै उमेरको / समयको — समकालीन
• संगै पढ़ने — सहपाठी
• अर्काको कुरो सहन गर्न सक्ने — सहिष्णु
• एक अर्काको संसर्गबाट फैलने रोग— संक्रामक
• जो एउटै जातिका हुन् — सजातीय
• गीतमा धून भर्ने — संगीतकार
• रस पूर्ण कुरो — सरस
• संगै काम गर्ने — सहकर्मी
• सबैको प्रिय — सर्वप्रिय
• सद् आचरण राख्ने व्यक्ति — सदाचारी
• ज्ञान दिने देवी— सरस्वती
• जो आफ्नी पत्नी साथ आउछ — सपत्नीक
• सत्यकोलागि आग्रह— सत्याग्रह
• साँचो बोल्ने — सत्यवादी/सत्यभाषी
• संहार गर्ने / मार्ने — संहारक
• जसको चरित्र राम्रो छ — सच्चरित्र
• जे कुरा नी खाने — सर्वभक्षी
• जो सबै देश र ठाउँ संग उत्तिकै संबंधित छ — सार्वभौमिक
• रथ हाँक्ने व्यक्ति — सारथि
• जो पढ़न लेख्न जान्दछ — साक्षर
• हप्ताको एक दिन — साप्ताहिक
• सबैकोलागि कामलाग्ने — सार्वजनिक
• आकार युक्त — साकार ( मूर्ति )
• सबैतिर भएको — सर्वव्यापी
• जसको ग्रीवा (घांटी ) राम्रो छ — सुग्रीव
• जो सुतेको छ — सुषुप्त
• पसीनाबाट उम्रिने जीव — स्वेदज (जुम्रो )
• कुनै संस्था या व्यक्तिको पचास वर्ष पुगेको उत्सव— स्वर्ण जयंती
• आइमाइको स्वभाव भएको — स्त्रैण
• गतिहीन — स्थावर
• जुन कुरो प्रमाणित गर्न अन्य प्रमाण चाहिन्न — स्वयंसिद्ध / स्वतः प्रमाण
• आफ्नो इच्छानुसारको वरण — स्वयंवर
• जो आफैले पकाएर खान्छ — स्वयंपाक्य
• जो आफ्नै अधीन छ — स्वाधीन
• जो आफ्नो मात्रै हित सोच्छ — स्वार्थी
• होम गर्ने सामाग्री— हवि
• अर्काको काममा दखल गर्नु — हस्तक्षेप
• त्यस्तो दुःख जसले कसैको हृदय चिर्छ — हृदय विदारक
• हृदय संग संबंधित— हार्दिक
• जे देख्ता हाँसो उठछ वा जो हँसाइको पात्र हो— हास्यास्पद
• कुनै संस्था या व्यक्ति साठी वर्ष पूरा हुँदा मनाइने उत्सव— हीरक जयंती
• जे कुरा हृदयमा राम्ररी गडेको छ — हृदयंगम
• अर्काको हित चाहने व्यक्ति — हितैषी
• यज्ञमा आहुति दिने अग्नि — होमाग्नि
• जे कुरा क्षमा गर्न सकिन्छ — क्षम्य
• जे कुरा तुरुन्त नाश हुन् सक्तछ — क्षणभंगुर
• जहाँ गएर यो पृथ्वी र आकाश मिलेको जस्तो देखिन्छ — क्षितिज
• जो भोक मेट्न आतुर छ — क्षुधातुर
• भोकले पीड़ित— क्षुधार्त
- प्रवीण अधिकारी