Short poems by Sagar G.Silwal

मुक्तक

सागर सिल्वाल

अब हेर्न बाँकी छ को को देशसंग गद्दारी गर्छन् फेरि
कोहि मुसा जस्तै उता सर्छन् कोहि कति तल झर्छन् फेरि
बलभद्र ,अमर र भक्ति थापा छ आज देशले खोज्या !
को को देशलाई बचाउँछन् को शत्रुको पछि पर्छन् फेरि
---------------------------------

नेपाल हो देश र नेपाली भाषा हाम्रो
स्वीकार ! सत्यलाई नगर कुरा चाम्रो
खेल्न खोज्नेहरुले नेपाली भाषा माथि
ठिक्क पार ला'उन हातखुट्टामा काम्रो

-----------------------------------

दशैं आयो रे भन्छन् खोई कतातिर आयो ?
हुनेलाई सधै दशैं नहुनेले के पायो ? ? ? ?
धनीलाई रोजी छाडी खान ला'उन पुग्ने ! ! !
गरिबलाई सोध्ने को छ ? खाएन कि खायो !

.........................................

शाकाहारी दशैँ मनाउँछु म सबैलाई लेखेरै सुनाएँ/////////|
व्यक्तिगत स्वतन्त्रता हो तर कसैलाई लेखेरै सुनाएँ\\\\\\|
नबोल्ने पशुको हत्या गरेर कसरी खुसी हुन् सक्छौ तिमी!
शान्ति र सद्भावले मनाउनु दशैलाई लेखेरै सुनाएँ |||||||||||

...................................................

अर्कालाई मारेर खान अधिकार कहाँ छ ? ?
कसैको बिरुद्धमा जान अधिकार कहाँ छ ? ?
आफुलाई अलिकति दुख्दा रुन्छौ धरधरी ! !
पशुलाई खुकुरी हान ! अधिकार कहाँ छ ? ?